भ्रष्टाचारीलाई छानीछानी कारबाही गर्छौँ : महेश बस्नेत

हिमाल प्रेस ४ माघ २०८२ १९:१७ | Sunday, January 18, 2026
10
SHARES
भ्रष्टाचारीलाई छानीछानी कारबाही गर्छौँ : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका नेताहरूले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन्।

नेकपा एमाले बागमती प्रदेश कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको निर्वाचन केन्द्रित विशेष जनसभामा उनीहरूले देशको विकास गर्ने एकमात्र पार्टी एमाले भएकाले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी गरेका हुन्।

कार्यक्रममा एमालेका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले चुनावपछि एमालेको सरकार बन्ने र भ्रष्टाचारीहरूलाई छानीछानी कारबाही गर्ने बताए। उनले लोकतन्त्र र संविधानका साथै प्राप्त परिवर्तन संकटमा रहेका बेला कांग्रेसमा भएको विभाजन दुखद भएको उल्लेख गरे।

त्यस्तै एमाले नेता राजन भट्टराईले अझै पनि निर्वाचनमा आशंका रहे पनि जुनसुकै समयमा हुने निर्वाचनका लागि पार्टी तयार रहेको बताए। मुलुकलाई स्थायीत्वका साथ अघि बढाउने अगुवाइ एमालेले मात्रै गर्ने उनको भनाइ छ।

त्यसअघि काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु भएको जनप्रदर्शन कमलादीस्थीत प्रज्ञा भवनमा पुगेर सभामा परिणत भएको हो।

प्रकाशित: ४ माघ २०८२ १९:१७ | Sunday, January 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast