पार्टीका नेता–कार्यकर्तालाई शेखरले भने – चुनावको तयारीमा जुटौँ

हिमाल प्रेस ४ माघ २०८२ १८:१३
14
SHARES
पार्टीका नेता–कार्यकर्तालाई शेखरले भने – चुनावको तयारीमा जुटौँ

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीलाई एकताबद्ध बनाउँदै चुनावमा भाग लिने बताएका छन्। आइतबार आफूनिकट नेताहरूसँगको छलफलमा कोइरालाले पार्टीलाई एकताबद्ध बनाउनुको विकल्प नभएको बताए।

कोइरालाले सर्वोच्चले दिने निर्णयलाई टेकेर चुनावको तयारी गर्ने उल्लेख गरेका थिए।

‘निर्वाचन आयोगको निर्णयलाई चुनौति दिँदै सर्वोच्चमा रिट पेस भइसकेको छ,’ उनले भने,‘अदालतको निर्णयलाई हामीले सम्मान गर्नुपर्छ। लोकतान्त्रिक दल भएकोले चुनावबाट भाग्न मिल्दैन।’

छलफलमा सहभागीहरूले मिश्रित सुझाव दिएका थिए। कतिपयले चुनावमा भाग लिनुपर्ने सुझाव दिँदा अहिलेको अवस्थामा चुनावमा जान नहुने बताएका थिए।

नेता कोइरालाले आफू मध्यमागी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताए। उनले भने,‘मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुन्छ, तर जित उसैको हुन्छ। म सत्यको बाटो हिँडिरहेको छु। यसबाट विचलित हुन्न।’

पार्टी कठिन अवस्थामा रहेको बताउँदै उनले मध्यमार्गी भूमिका निर्वाह गरी पार्टीलाई संकटबाट जोगाउनुपर्नेमा जोड दिए।

छलफलमा बोल्ने नेताहरूले पार्टीको १५ औँ महाधिवेशन अन्यौलता रहेको र त्यसको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका थिए। साथै तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुने अवस्था नभएको बताएका थिए।
कोइरालाले भने फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने समेत बताए। उनले देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानुको विकल्प नरहेको उल्लेख गरे। कोइरालाले चुनावमा सहभागी हुने पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।

कोइरालाले निर्वाचन सहजताका लागि माघ ६ गतेको मनोनयन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको जानकारी दिए। साथै सरकारले निर्वाचनको वातावरण बनाएर सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा हालसम्म त्यसको प्रत्याभूति नभउको उनले जिकिर गरे।

कोइरालाले नेता तथा कार्यकर्तालाई निर्वाचनसँगै १५ औँ महाधिवेशनको तयारी गर्न आग्रह गरे।

प्रकाशित: ४ माघ २०८२ १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast