अन्ततः चुनाव लड्ने भए बाबुराम

हिमाल प्रेस ४ माघ २०८२ १७:२३
358
SHARES
अन्ततः चुनाव लड्ने भए बाबुराम

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा-२ बाट चुनाव लड्ने भएका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक भट्टराई कार्यकर्ताको चर्को दबाबपछि चुनाव उठ्न तयार भएका हुन्।

आइतबार गोरखा पुगेर कार्यकर्तासँग छलफल गरेपछि उनी चुनाव लड्ने निर्णयमा पुगेको प्रलोपा गोरखाका इज्चार्ज यानप्रसाद भट्टले जानकारी दिए।

उनले हिमालप्रेससँग भने,‘डा.बाबुराम भट्टराई चुनाव लड्ने हुनुभयो। हामीले आग्रह गरेपछि उहाँ तयार हुनुभयो।’ डा.भट्टराईले उक्त क्षेत्रबाट लगातार तीन पटकसम्म चुनाव जित्दै आएका थिए। २०७९ को चुनावमा भने बाबुराम चुनाव लडेनन्।

त्यति बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सहयोग गरेका थिए। यसपटक प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्ने भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast