काठमाडौँ- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टिकट वितरण गरेको छ।
पार्टी केन्द्रीय कार्यालय तीनकुने, काठमाडौँबाट धमाधम टिकट वितरण गरिएको हो। प्रलोपा नेतृत्वले यसपटक उम्मेदवार छनोटमा युवालाई विशेष प्राथमिकता दिएको जनाएको छ।
पार्टी अध्यक्ष परिषद्का दुर्गा सोब, सन्तोष परियार, ओजस्वी भट्टराई, सुदन किराँती र सुरेन्द्रप्रसाद जयसवालले संयुक्त रूपमा टिकट वितरण गरेका हुन्।
पार्टीले देशभर संगठन सुदृढ गर्दै नयाँ नेतृत्वको विकास र परिवर्तनको एजेन्डालाई अघि सार्दै निर्वाचनमा होमिएको बताएको छ।
यो पार्टीको चुनाव चिन्ह ‘आँखा’ रहेको छ।
प्रकाशित: ४ माघ २०८२ १२:४४ | Sunday, January 18, 2026
प्रतिक्रिया





