काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले उम्मेदवार छनोटबारे पार्टीको निर्णय सुनेर विचलित नहुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
उनले अझ उच्च मनोबल र एकताका साथ पार्टीले तय गरेका उम्मेदवारलाई विजयी गराउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन समेत आग्रह गरेका छन् ।
आइतबार बिहानै सामाजिक सञ्जालमा एक टिप्पणी गर्दै भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू
निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु । हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’
शनिबार बसेको एमाले सचिवालय बैठकले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि लगभग देशभरका उम्मेदवार टुंगो लगाएको छ ।
यसमा भट्टराईसहित केही चर्चित नेताको नाम छुटेकोछ । उनीहरूको नाम छुटेपछि नेता कार्यकर्ताले विभिन्न माध्यमबाट असन्तुष्टि जनाइरहेका छन् ।



