पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्वको भूमिकाको अपेक्षा गरेका छौँ : गगन थापा

हिमाल प्रेस ३ माघ २०८२ १५:०१ | Saturday, January 17, 2026
30
SHARES
पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्वको भूमिकाको अपेक्षा गरेका छौँ : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि शनिबार काठमाडौँमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले विगतका तिक्ततालाई बिर्सेर पार्टीको मूल्यमान्यतालाई जोगाउँदै र नयाँ भावना समेट्दै एक ढिक्का बनाएर अगाडि बढाउने बताएका हुन्।

पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिको अपेक्षा गरेको भन्दै सभापति थापाले एकदुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेको धारणा राखे। पार्टीलाई एकताबद्ध गर्न संवादको थालनी भइसकेको उनको भनाइ छ।

‘पार्टीलाई अगाडि बढाउन हामीलाई पुराना नेताहरू पनि सँगसँगै हिँड्नु पर्नेछ, धेरै नयाँ साथीहरूलाई पनि जोड्नुपर्नेछ,’ उनले भने,‘दुई दिनभित्र धेरै काम गर्नुपर्नेछ, त्यसैले पार्टीका सबै साथीलाई एकै ठाउँमा उभिन मेरो अनुरोध छ। म पार्टीको निवर्तमान सभापति श्रद्धेय शेरबहादुर देउवालाई पनि त्यही कुराको आग्रह गर्न चाहन्छु, उहाँबाट अभिभावकत्व र संरक्षकत्वको भूमिकोको अपेक्षा गरेको छु। उहाँले देशभरका साथीलाई आह्वान गरिदिनुपर्छ, अब यो रोक, सक्कियो अब।’

त्यस्तै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गरेको निर्णयलाई पार्टीका सबै नेता कार्यकर्ताले आत्मसात गर्ने र एकढिक्का भएर निर्वाचनमा होमिने विश्वास व्यक्त गरे।

‘एक दुई दिनभित्रमा हामी सबै नेपाली कांग्रेसका साथीहरूलाई एकै ठाउँमा भएको तपाईँहरूले हेर्नु हुनेछ, छलफल गरेको, संवाद गरेको र निर्णय गरेको हेर्नुहुनेछ,’ थापाले भने,‘पार्टीका विभिन्न तहका साथीहरूले कुराकानी सुरू गरिसक्नु भएको छ। म आफैँ पनि संवादमा जुटिसकेको छु। आज बिहान पनि पार्टीका धेरै साथीहरूसँग कुराकानी गरेको छु।’

प्रकाशित: ३ माघ २०८२ १५:०१ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast