काठमाडौँ १ बाट फेरि रवीन्द्र मिश्र उठ्ने

हिमाल प्रेस ३ माघ २०८२ ६:५१
14
SHARES
काठमाडौँ १ बाट फेरि रवीन्द्र मिश्र उठ्ने रवीन्द्र मिश्र। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाउने भएको छ ।

उनलाई काठमाडौँ क्षेत्र नम्बर १ बाट आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने प्रारम्भिक निर्णय गरिएको राप्रपा नेता रञ्जन कार्कीले बताए।

उनी यसअघि २ पटक सोही क्षेत्रबाट चुनाव लडेका छन्। तर दुवै पटक कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भए। तेस्रो पटकमा भने जित्ने दाबी गर्दै यसअघिबाटै मिश्रले घरदैलो कार्यक्रम सुरु गरेका छन्।

प्रकाशित: ३ माघ २०८२ ६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast