नेपाल-बंगलादेशबीचको वाणिज्यसचिव स्तरीय बैठक सम्पन्न

हिमाल प्रेस २ माघ २०८२ २०:३९
नेपाल-बंगलादेशबीचको वाणिज्यसचिव स्तरीय बैठक सम्पन्न

काठमाडौँ- नेपाल र बंगलादेशबीचको आठौं वाणिज्य सचिवस्तरीय बैठक बंगलादेशको ढाकामा सम्पन्न भएको छ। पुस २९ र ३० गते भएको बैठकमा दुवै देशले व्यापारिक अवरोधहरू न्यूनीकरण गर्दै आर्थिक साझेदारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र बंगलादेशी सचिव महबुबुर रहमानले बंगलादेशको नेतृत्वको गरेका थिए।

बैठकमा आगामी तीन महिनाभित्र प्राथमिकतामूलक व्यापार सम्झौतालाई गति दिने, भन्सार प्रक्रियालाई सरलीकरण गर्ने र सीमापार भुक्तानी प्रणालीलाई सहज बनाउने सहमति भएको छ।

बैठकमा नेपालको जलविद्युत क्षेत्रमा संयुक्त लगानी प्रवर्द्धन गर्ने, वस्तु तथा सेवाको मूल्य शृङ्खला विकास गर्ने र पर्यटन विस्तारका लागि संयुक्त कार्ययोजना तयार पार्ने विषयमा विशेष जोड दिइएको छ।

दुवै देश अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा रहेको सन्दर्भमा क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सामूहिक हितका लागि सहकार्य गर्ने सहमति समेत भएको छ। बैठकले सन् २०२४ अप्रिलमा काठमाडौँमा सम्पन्न सातौं वाणिज्य सचिवस्तरीय बैठकपछि भएको प्रगतिबारे समीक्षा गरेको थियो।

अर्को बैठक काठमाडौंमा आयोजना गरिने तय भएको छ।

प्रकाशित: २ माघ २०८२ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast