टोखाबाट खैरो हेरोइनसहित एक जना पक्राउ

हिमाल प्रेस २ माघ २०८२ १७:४७ | Friday, January 16, 2026
16
SHARES
टोखाबाट खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौँ- प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ बस्ने संखुवासभा मकालु गाउँपालिका–२ घर भएका ३२ वर्षीय सुवास चौलागाई रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

उनले भने, ‘टोखा नगरपालिका–७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब तीन ग्राम २०० मिलिग्रामसहित निज चौलागाईँलाई पक्राउ गरिएको हो।’

प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए।

प्रकाशित: २ माघ २०८२ १७:४७ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast