तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

हिमाल प्रेस ३० पुष २०८२ २१:१८ | Wednesday, January 14, 2026
16
SHARES
तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर(दाङ)- दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हुमबहादुर पराजुलीका अनुसार बुधबार बिहान ९ बजेतिर हिरासतमा रहेका द‌ंगीशरण गाउँपालिका–४ बैँबाङ निवासी २५ वर्षीय रोसन चौधरीको मृत्यु भएको हो।

चौधरी गएको मंसिर २८ गते लागुऔषध ब्राउनसुगरसहित तुलसीपुर बसपार्कबाट पक्राउ परेका थिए। पाँच दशमलव १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका उनी विरुद्ध मुद्दा चलिरहेको थियो। बिहान एक्कासि बेहोस भएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएका उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ। रासस

प्रकाशित: ३० पुष २०८२ २१:१८ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast