रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन स्वीकृति

हिमाल प्रेस ३० पुष २०८२ १९:३८ | Wednesday, January 14, 2026
56
SHARES
रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन स्वीकृति रास्वपा सभापति रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकिलको कार्यालयहरुलाई स्वीकृति दिएको छ।

महान्यायाधिवक्ता कार्यालयका अनुसार लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दा भने यथावत नै रहनेछ। महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णयमा काठमाडौँ, रुपन्देही, पर्सा र चितवन जिल्ला अदालतमा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम रहने गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी लामिछानेको हकमा कायम नरहने गरी अभियोग संशोधनको स्वीकृति दिने उल्लेख छ।

योसँगै लामिछानेविरुद्धको अभियोगपत्र सम्बन्धित सरकारी वकिलको कार्यालयहरूले संशोधन गर्नेछन्। अभियोगपत्र संशोधनपछि लामिछानेलाई संसद् प्रवेश गर्न बाटो खुल्नेछ।

नख्खु कारागारमा थुनामा रहेका लामिछाने पुस ४ गते छुटेका थिए। पुस ३ गते  उच्च अदालत तुलसीपुर बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो। छुटपूर्जी लिन रुपन्देही पुग्नुपर्ने भएपछि भोलिपल्ट मात्रै उनी रिहा भएका हुन्।

रविलाई धरौटीमा छाड्न उच्च अदालतले गरेका यी सर्त

प्रकाशित: ३० पुष २०८२ १९:३८ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast