अर्घाखाँची- अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मंगलबार साँझ भूमिकास्थान नगरपालिका–३, ठूलाखर्कस्थित भित्री सडकखण्डमा लु२ख ३३२८ नम्बरको टिपर दुर्घटना हुँदा चालक प्युठान जिल्लाका ५८ वर्षीय कुशल रानाको मृत्यु भएको हो ।
गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अचानक ट्रक सडकबाट करिब चार सय मिटर तल खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए । रासस
प्रकाशित: ३० पुष २०८२ ७:१९
प्रतिक्रिया



