लोकतान्त्रिक आन्दोलनमा तामाङहरूको भूमिका प्रशंसनीय : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ७ माघ २०७९ २०:३९ | Saturday, January 21, 2023
लोकतान्त्रिक आन्दोलनमा तामाङहरूको भूमिका प्रशंसनीय : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवम् वैज्ञानिक महत्त्व बोकेको थुप्रै पर्व रहेको बताएका छन्। तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधाननमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

नेपालका सबै जाति जातजातिको आ-आफ्नो भिन्न-भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको उनको भनाइ छ।

‘सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो,’ उनले भने।

जनताले लोकतन्त्रका लागि निरन्तर आन्दोलन गरेपछि मुलुक धर्मनिरपेक्ष, समानुपातिक समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको उनको भनाइ छ। ‘यस उपलब्धिका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा गर्न चाहन्छु,’ उनले भने।

प्रधानमन्त्री दाहालले ल्होछारको अवसरमा देश-विदेशमा रहनुहुने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत् कल्याणका लागि शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित: ७ माघ २०७९ २०:३९ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast