दशौँ राष्ट्रिय खेलकुदको तयारी छिटो गर्न कर्णालीका मुख्यमन्त्री कँडेलको आग्रह

हिमाल प्रेस २९ पुष २०८२ १७:२८
4
SHARES
दशौँ राष्ट्रिय खेलकुदको तयारी छिटो गर्न कर्णालीका मुख्यमन्त्री कँडेलको आग्रह यामलाल कँडेल । फाइल तस्बिर।

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी छिटो गर्न संघीय सरकारलाई आग्रह गरेका छन्।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, वन तथा वातावरण, भौतिक पूर्वाधारमन्त्री माधवप्रसाद चौलागाईँसहितको प्रतिनिधिमण्डलसँग आज सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कँडेलले प्रतियोगिताको मितिमात्र तोकेर नहुने भन्दै तयारी गर्न आग्रह गरेका हुन्।

मुख्यमन्त्री कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए।

उनले भने,‘तपाईँहरू खेलकुद खेलाउने गरी आउनुस्, हाम्रो तर्फबाट पूर्ण सहयोग रहन्छ तर पटकपटक मिति तोकेर भुक्याउने काम नगर्नुस्।’

मुख्यमन्त्री कँडेलले खेलकुदका लागि चाहिने सामग्रीसमेत खरिद नगरेकाले फागुनमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्नसमेत गरे।

प्रकाशित: २९ पुष २०८२ १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast