सीजी ब्रान्डको ‘वर्ल्डकप योजना’ : पहिलो चरणको विजेता सार्वजनिक

हिमाल प्रेस २८ पुष २०८२ २१:२६ | Monday, January 12, 2026
2
SHARE
सीजी ब्रान्डको ‘वर्ल्डकप योजना’ : पहिलो चरणको विजेता सार्वजनिक

काठमाडौँ- इलेक्ट्रोनिक्स ब्रान्ड ब्रान्ड सीजीले आफ्ना साना घरायसी उपकरणहरूमा सञ्चालित ‘सीजीको साथमा, वल्र्डकप टिकट हातमा’ योजनाअन्तर्गत पहिलो चरणको विजेताको घोषणा गरेको छ।

आगामी आईसीसी टी–२० पुरुष विश्वकपलाई लक्षित गरी ल्याइएको यस उपहार योजनामा डिजिटल गोलाप्रथामार्फत पहिलो चरणको विजेता छनोट गरिएको हो।

यसपटकको डिजिटल गोलाप्रथाबाट पोखराकी मोनिका महर्जन विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ। उनी पोखरास्थित आधिकारिक विक्रेता ‘न्यु साउन्ड एन्ड भिजन’ बाट सीजी ब्रान्डको ओभन खरिद गरी योजनामा सहभागी भएकी थिइन्।

विजेता महर्जनले पाँचदिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेकी छन्। प्याकेजमा काठमाडौँ–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटलमा बसाइ र खानपिनको व्यवस्था, मुम्बई सिट टुर, मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकपअन्तर्गत नेपाली टोलीको एक खेल प्रत्यक्ष हेर्ने टिकट समावेश छन्।

कम्पनीका अनुसार यो पहिलो चरणको नतिजामात्र हो र यो योजना अझै जारी छ। आगामी दिनमा थप विजेताहरू घोषणा गरिने हुनाले ग्राहकहरुले अझै पनि सहभागी भई विश्वकप हेर्ने अवसर पाउन सक्नेछन्।

प्रकाशित: २८ पुष २०८२ २१:२६ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast