१८ करोड कमाउने दौडमा फिल्म ‘परान’, अहिलेसम्म कति टिकट बिक्री भयो?

हिमाल प्रेस २८ पुष २०८२ १२:०४ | Monday, January 12, 2026
10
SHARES
१८ करोड कमाउने दौडमा फिल्म ‘परान’, अहिलेसम्म कति टिकट बिक्री भयो?

काठमाडौँ- दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ कात्तिक १४ देखि हलमा प्रदर्शनरत छ। फिल्मले प्रदर्शनको ५१ दिन पनि मनाइसकेको छ। परदेशिएका सन्तान र बाआमाको कथामा बनेको फिल्मलाई दर्शकले निकै रुचाएका छन्।

यसैबीच फिल्मले मंसिर अन्तिम सातासम्म नै १७ करोडमाथि व्यापार गरिसकेको थियो। पुसको अन्तिम सातासम्म आइपुग्दा फिल्मले थप ७४ लाख कमाउन सफल भएको छ।

प्रत्येक साताको सोमबार चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत फिल्मको व्यापार सार्वजनिक गर्दै आइरहेको छ। जसअनुसार पुस २६ गतेसम्म फिल्म ‘परान’ ले १७ करोड ७४ लाख २२ हजार १ सय ९० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। अहिलेसम्म ६ लाख २९ हजार ६ सय ९० वटा टिकट बिक्री भएको छ। हलमा पनि फिल्मले न्यूनतम सो पाइरहेकै छ। यसअनुसार फिल्म १८ करोड कमाउने दौडमा देखिन्छ।

फिल्ममा वरिष्ठ अभिनेता नीर शाह, मदनकृष्ण श्रेष्ठ, बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यलगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: २८ पुष २०८२ १२:०४ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast