सिंहदरबार जलाउनेहरूलाई सिंहदरबार बनाउनेहरूले लखेट्नुपर्छ : महेश बस्नेत

हिमाल प्रेस २८ पुष २०८२ ६:४५ | Monday, January 12, 2026
14
SHARES
सिंहदरबार जलाउनेहरूलाई सिंहदरबार बनाउनेहरूले लखेट्नुपर्छ : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्ने शक्तिहरूलाई आगामी निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताएका छन्।

आइतबार काभ्रेपलाञ्चोकमा आयोजित नेसनल भोलेन्टियर फोर्सको कार्यक्रममा बोल्दै उनले ‘सिंहदरबार जलाउनेहरूलाई सिंहदरबार बनाउनेहरूले लखेट्नुपर्छ’ भन्दै कडा अभिव्यक्ति दिएका हुन्।

उनले फागुन २१ गते तोकिएको निर्वाचन हुने–नहुने विषयमा अझै अन्योल कायमै रहेको उल्लेख गर्दै वर्तमान राजनीतिक अवस्थाले देश र जनताको भविष्य संकटमा परेको बताए।

भदौ २३ र २४ का घटनापछि नेपाल गम्भीर मोडमा पुगेको भन्दै त्यसले असंख्य आशंका र द्विविधा सिर्जना गरेको उनको भनाइ थियो।

एमालेको निष्कर्ष सुनाउँदै सचिव बस्नेतले फागुन २१ गते निर्वाचन हुने अवस्था नरहेको दाबी गरे। ‘निर्वाचन तोकिएको मितिमा हुने परिस्थिति छैन, यो नेकपा एमालेको स्पष्ट निष्कर्ष हो,’ उनले भने।

प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवादको अवस्था सिर्जना हुनु सरकारको दया नभई एमालेको सशक्त प्रतिवादको परिणाम भएको दाबी पनि उनले गरे। ‘पहिले अनुहारसमेत हेर्दिन भन्ने प्रधानमन्त्री अहिले वान टु वान वार्ताको अवस्थामा पुग्नुभएको छ,’ उनले भने, ‘यो सरकार घुँडा टेक्न बाध्य भएको सङ्केत हो, अब सरकार थप प्रतिगामी कदम चाल्न सक्ने अवस्थामा छैन।’

सचिव बस्नेतले पछिल्ला घटनालाई लोकतन्त्र, विधिको शासन र जनअधिकारमाथिको आक्रमणका रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूले नेपाल राष्ट्रलाई कमजोर बनाउन खेल खेलेको आरोप लगाए। जेन–जी पुस्ताका माग अवस्था परिवर्तनको भए पनि त्यसलाई गलत दिशामा मोडिएको उनको भनाइ थियो।

प्रकाशित: २८ पुष २०८२ ६:४५ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast