कांग्रेस फुट्दैन, एक भएर अगाडि बढ्छ : शर्मा

हिमाल प्रेस २७ पुष २०८२ १९:०६
10
SHARES
कांग्रेस फुट्दैन, एक भएर अगाडि बढ्छ : शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिंगो कांग्रेसको नेतृत्व गर्नेगरी अघि बढ्ने बताएका छन्।

आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटनका क्रममा महमन्त्री थापाले विशेष महाधिवेशनका कारण पार्टी विभाजन नहुने भन्दै पार्टीलाई टुक्राएर नभइ सिंगो पार्टीको नेतृत्व गर्नेगरी अघि बढ्ने बताएका हुन्। शर्माले विशेष महाधिवेशनको बन्दसत्रले लिने निर्णय नै पार्टीको आगामी दिनको बाटो हुने स्पष्ट पारे।

उनले विशेष महाधिवेशनले आवेगमा नभइ विवेकमा देश र कांग्रेसलाई बदल्ने निर्णय लिने स्पष्ट पारे। आगामी निर्वाचनमा रुख चिह्न लिएर एकढिक्का भएर मैदानमा उत्रने संकल्पसमेत विशेष महाधिवेशनले लिने उनको भनाइ छ।

शर्माले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने भएकाले नयाँ परिस्थितिमा मनस्थिति र सोच समेत बदल्नुपर्नेमा जोड दिए। उनले विशेष महाधिवेशनले दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने स्पष्ट पारे।

महामन्त्री शर्माले कांग्रेसमात्र नभएर कमजोर बनेको देशलाई बलियो बनाउने अभियानमा आफुहरु लागेको बताए।

प्रकाशित: २७ पुष २०८२ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast