पोषणतत्त्वमा सबै जनताको पहुँच पुर्‍याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ७ माघ २०७९ १५:१९ | Saturday, January 21, 2023
पोषणतत्त्वमा सबै जनताको पहुँच पुर्‍याउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतमा राखेर आवश्यक नीतिगत र व्यवहारिक निर्णय गर्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित ‘राइट टु प्रोटेन रन’ हाफ म्याराथुन पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

जनताको सेवाका लागि स्वास्थ्य क्षेत्रमा सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै आफ्नो तेस्रो कार्यकालमा स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ सुरुवात गर्न लागेको उनको भनाइ छ।

प्रोटिनको कमीका कारण सन् २०१९ मा ३२ प्रतिशत ५ वर्षमुनिका बच्चाहरूले उमेर अनुसारको उचाइ प्राप्त गर्न नसकेको भन्दै उनले प्रोटिनलगायत पोषण तत्त्वका स्रोतहरूमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिबद्धता व्यक्त गरे।

गर्भवती महिला र नवजात शिशुहरूलाई लक्षित गरी स्वास्थ्य प्रवर्द्धनका विभिन्न कार्यक्रमहरू समेत नेपाल सरकारले सञ्चालन गरिरहेको उनले उल्लेख गरे।

प्रचण्डले पोल्ट्री उद्योगले अण्डा र ब्रोइलरको मासुमार्फत प्रोटिनको सस्तो आपूर्तिमा योगदान पुर्‍याएकोमा र मासुमा आत्मनिर्भर बनाउन सहयोग गरेकोमा पोल्ट्री उद्योगका उद्यमी र कृषकहरूप्रति धन्यवाद प्रकट गरे।

प्रकाशित: ७ माघ २०७९ १५:१९ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast