यसपटक चुनाव लड्न रुकुम पूर्व जाँदैछन् प्रचण्ड

हिमाल प्रेस २७ पुष २०८२ ६:४५
10
SHARES
यसपटक चुनाव लड्न रुकुम पूर्व जाँदैछन् प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन लड्न आफू रुकुम पूर्वमा आउने निश्चित भएको बताएका छन्।

रुकुम पश्चिममा नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन्।

‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुम चुनाव लड्ने निश्चित भएका छ। पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला,’ उनले भने।

उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दुःख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए।

प्रकाशित: २७ पुष २०८२ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast