ट्रम्पसँग भेटवार्ता गर्दै भेनेजुएलाका विपक्षी नेता मचाडो

हिमाल प्रेस २५ पुष २०८२ १८:३२ | Friday, January 9, 2026
20
SHARES
ट्रम्पसँग भेटवार्ता गर्दै भेनेजुएलाका विपक्षी नेता मचाडो फाइल तस्बिर

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँग अर्को हप्ता वासिङ्टनमा भेटवार्ता हुने बताएका छन्।

मचाडो भेटवार्ताका लागि अर्को हप्ता वासिङ्टन आउने राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा बताएका हुन्।

अमेरिकी राष्ट्रपति र मचाडोबीचको यो पहिलो भेट अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्कमा लागु–औषध र हतियारको अभियोगमा मुद्दाको सामना गर्न लगेको एक हप्ता पछि हुनु लागेको हो।

गत हप्ता ट्रम्पले मचाडोलाई भेनेजुएलामा देशको नेतृत्व गर्ने सामथ्र्य नभएको उल्लेख गर्दै अमेरिकाले भेनेजुएलालाई वर्षौँसम्म नियन्त्रण गर्न सक्ने बताएको जनाइएको छ।

उनले फक्स न्यूजलाई दक्षिण अमेरिकी देश भेनेजुएला हाल अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा, नयाँ चुनाव गर्ने स्थितिमा नभएको बताएका छन्।

मचाडोले आफ्नो नोबेल पुरस्कार आफूसँग बाँड्ने प्रस्ताव गरेको बताउँदै ट्रम्पले यो आफ्नो लागि सबै भन्दा ठुलो सम्मान हुने उल्लेख गरेका छन्।-रासस/एएफपी

प्रकाशित: २५ पुष २०८२ १८:३२ | Friday, January 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast