२२ अर्ब १३ करोड डलर सञ्चिति, झण्डै २२ महिनाको आयात धान्ने

हिमाल प्रेस २५ पुष २०८२ १५:३१
24
SHARES
२२ अर्ब १३ करोड डलर सञ्चिति, झण्डै २२ महिनाको आयात धान्ने

काठमाडौँ- गत असार मसान्तमा १९ अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको विदेशी विनिमय सञ्चिति पछिल्लो पाँच महिनामा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ। नेपाली रूपैयाँमा यस्तो सञ्चिति मंसिर मसान्तसम्म ३२ खर्ब १ अर्ब ४७ करोड हुन आउँछ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २८ खर्ब ६६ अर्ब ४७ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति ३ खर्ब ३५ अर्ब रहेको छ।

यो पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

तथ्यांकअनुसार मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमश: ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन्।

प्रकाशित: २५ पुष २०८२ १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast