नेप्से परिसूचक ९.९३ अंकले बढ्यो

हिमाल प्रेस २२ पुष २०८२ १६:३९
16
SHARES
नेप्से परिसूचक ९.९३ अंकले बढ्यो

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९ दशमलव ९३ अंकले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ।

आज ३३४ कम्पनीको एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर ८८ हजार ३६२ पटक खरिदबिक्री हुँदा सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ बराबरको कारोबार भएको हो ।

होटल तथा पर्यटन र उत्पादन र प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव ८७ प्रतिशतले बढेको छ ।

आज जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ। रुरु जलविद्युत् परियोजना लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ४१ प्रतिशतले घटेको छ।

प्रकाशित: २२ पुष २०८२ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast