सिटिजन्स सन्तुलित योजनामा मागभन्दा बढी आवेदन

हिमाल प्रेस २१ पुष २०८२ १७:२४
2
SHARE
सिटिजन्स सन्तुलित योजनामा मागभन्दा बढी आवेदन

काठमाडौँ- सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ मा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ।

एक अर्ब रुपैयाँ आकारको यस योजनाका लागि माग गरिएको भन्दा २५ प्रतिशत बढी अर्थात् १ अर्ब २५ करोडभन्दा बढीको आवेदन प्राप्त भएको हो।

सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवद्र्धक रहेको यस योजनाको इकाई बिक्री गत पुस ४ देखि १८ गतेसम्म खुला गरिएको थियो।

प्रारम्भिक विवरणअनुसार तोकिएको अवधिभित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरू उत्साहजनक सहभागिता जुटेको कम्पनीले जनाएको छ।

यो योजना हालसम्म बढी आवेदन प्राप्त गर्ने म्युचुअल फन्डहरूमध्ये पहिलो बन्न सफल भएको कम्पनीले जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको समेत लगानी रहेको छ। हाल यस कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

प्रकाशित: २१ पुष २०८२ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast