भक्तपुर २ बाट महेश बस्नेतको नाम एकल सिफारिस

हिमाल प्रेस २१ पुष २०८२ ८:१७
12
SHARES
भक्तपुर २ बाट महेश बस्नेतको नाम एकल सिफारिस

काठमाडौँ– प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर २ मा एमाले सचिव महेश बस्नेत एकल सिफारिस भएका छन् । आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको हो ।

भक्तपुर २ मा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार थिए । तर उनीहरुले आफ्नो दाबेदारी फिर्ता लिएपछि बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको हो ।

प्रकाशित: २१ पुष २०८२ ८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast