केन्द्रीय सुरक्षा समितिको बैठक : धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कानुनी दायरमा ल्याइने

हिमाल प्रेस २० पुष २०८२ १७:५७ | Sunday, January 4, 2026
16
SHARES
केन्द्रीय सुरक्षा समितिको बैठक : धार्मिक सहिष्णुतामा खलल पुर्‍याउनेलाई कानुनी दायरमा ल्याइने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिको बैठकले अर्काको धर्ममा खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयमा आइतबार बसेको बैठकले मधेश प्रदेशमा देखिएको धार्मिक घटनाक्रमको समीक्षा गर्दै अर्काको धर्ममा खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने र धार्मिक सद्भाव र सहिष्णुता बढाउनका लागि प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए।

मधेका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनका लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए।

त्यसैगरी निर्वाचनका सन्दर्भमा भइरहेको तयारीका बारेमा पनि सुरक्षा निकायसँग जानकारी लिइएको प्रवक्ता काफ्लेले जानकारी दिए। उनले फरार कैदीबन्दी खोजी अभियानलाई वडा तहमा पुगेर पनि थप प्रभावकारी ढंगबाट अगाडि बढाउनुपर्छ भन्ने विषयमा छलफल भएको बताए।

उनले सोमबार राष्ट्रिय मानवअधिकार आयोगलगायतका संवैधानिक आयोगहरुसँग सुरक्षा निकायसहित छलफल गर्ने तय भएको उल्लेख गरे।

प्रकाशित: २० पुष २०८२ १७:५७ | Sunday, January 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast