महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन हुँदैन : विश्वप्रकाश शर्मा

हिमाल प्रेस १८ पुष २०८२ १६:३६
30
SHARES
महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन हुँदैन : विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनको विषयलाई लिएर पार्टी विभाजन नहुने स्पष्ट पारेका छन्।

शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले महाधिवेशनका विषयमा देखिएको अल्झनलाई छलफलबाटै समाधान गर्ने भन्दै पार्टी विभाजन हुने कुरा कल्पनाबाहिरको कुरा भएको बताए।

पार्टीको विधानको व्यवस्थाअनुरुप कुनै पनि कार्य गर्दा पार्टी नफुट्ने बरु थप एकढिक्का भएर अघि जाने उनले बताए। महामन्त्री शर्माले अहिलेको परिस्थितिमा पार्टीको महाधिवेशन गरेर नयाँ नेतृत्व, नीति र दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा महाधिवशेन मितिमा मात्रै सीमित हुन पुगेको उल्लेख गरे।

समयमा नै महाधिवेशन नहुने भएपछि दुवै महामन्त्रीले वक्तव्य दिएर नियमित महाधिवेशनको सूचना स्थगित गर्दै विशेष महाधिवेशनको विकल्पमा जोड दिएको उनले बताए।
उनले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व र विचारका साथ आम निर्वाचनमा होमिनुपर्ने नै अहिलेको पार्टीको मुख्य विकल्प भएको तर्क गरे।

प्रकाशित: १८ पुष २०८२ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast