काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर ४, डिजेलमा ५ र हवाई इन्धन (आन्तरिक) मा ६ रूपैयाँका दरले मूल्य घटाएको जनाएको हो।
नयाँ मूल्य भारतीय आयल निगमले पठाएको मूल्यअनुसार समायोजन गरिएको हो। मूल्य समायोजनसँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टितेलको १३७ रुपैयाँ कायम हुनेछ।
त्यस्तै हवाई इन्धनको १२८ रुपैयाँ कायम गरिएको छ। नयाँ मूल्य दर बिहीबारदेखि लागू हुनेछ।
एलपीजी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

प्रकाशित: १६ पुष २०८२ २१:११
प्रतिक्रिया



