वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

हिमाल प्रेस १६ पुष २०८२ १०:५५ | Wednesday, December 31, 2025
10
SHARES
वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण

काठमाडौँ- बढ्दो जाडोलाई दृष्टिगत गरी मकवानपुरस्थित डिभिजन वन कार्यालयले वृद्धाश्रम र मन्दिरमा दाउरा वितरण गरेको छ।

डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलकाअनुसार हेटौँडा उपमहानगरपालिका-२ चौकीटोलस्थित ऊँ वृद्धाश्रम, हेटौँडा उपमहानगरपालिका-४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर, हेटौँडा उपमहानगरपालिका-५ स्थित लक्ष्मीनारायण मन्दिर र हेटौँडा उपमहानगरपालिका-१० राप्तीतटस्थित गोरक्षेश्वर मन्दिरमा दाउरा वितरण गरिएको छ।

विभिन्न सामुदायिक वनहरूसँगको सहकार्यमा वन कार्यालयले दाउरा बाँडेको हो। यसैबीच, चिसोका कारण यहाँका ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका छन्।

हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको हेटौँडा अस्पतालका निमित्त निर्देशक डा.रामचन्द्र सापकोटाले जानकारी दिए।

अस्पतालमा दैनिक ६० जना रुघाखोकी, ज्वरो र निमोनियाका बिरामी आउने गरेका छन्।

मनहरी अस्पताल, भीमफेदी स्वास्थ्य केन्द्र, बकैया आधारभूत अस्पताललगायत ग्रामीण अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले बताए।

प्रकाशित: १६ पुष २०८२ १०:५५ | Wednesday, December 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast