दाङमा आयोजना क्षेत्रभित्र रुख काटिएपछि एमसीए नेपालको आपत्ति

हिमाल प्रेस ६ माघ २०७९ १५:२५ | Friday, January 20, 2023
दाङमा आयोजना क्षेत्रभित्र रुख काटिएपछि एमसीए नेपालको आपत्ति

काठमाडौँ- दाङको राप्ती गाउँपालिका क्षेत्रमा पर्ने महेन्द्र राजमार्ग आसपास रुख कटान गरेको कार्यमा आफ्नो संलग्नता नभएको एमसीए नेपालले जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै एमसीए नेपालले कानुन विपरीतको उक्त कार्यमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेको हो।

राजमार्ग दायाँबायाँ २२ किमी सडक खण्ड छेउछाउका करिब १ हजार ५०० रुख काटिएको छ। रुख कटान गरिएको क्षेत्र एमसीए नेपालको सडक मर्मत आयोजनाको कार्यक्षेत्रमा पर्दछ।

रुख कटान एमसीए नेपाललाई कुनै जानकारी नदिई एवं परामर्श नगरिकनै गरिएको विज्ञप्तिमा जनाइएको छ। ‘उक्त कार्य नेपालको वातावरणसम्बन्धी ऐन कानुन तथा हाम्रो वातावरणीय निर्देशिकासँग पनि प्रत्यक्षरूपमा विपरीत रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

रुख काटिएको जानकारी पाएपछि एमसीए नेपाल र एमसीसीका अधिकारीहरू स्थलगत निरीक्षणमा गएका थिए। निरीक्षणपछि आगामी कदमबारे निर्णय लिनका लागि प्रभावित खण्डको समीक्षा गरिरहेको एमसीए नेपालले जनाएको छ।

प्रकाशित: ६ माघ २०७९ १५:२५ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast