जनमोर्चाको समानुपातिक सूचीमा चित्रबहादुर र दुर्गा पौडेल

हिमाल प्रेस १५ पुष २०८२ १२:३० | Tuesday, December 30, 2025
6
SHARES
जनमोर्चाको समानुपातिक सूचीमा चित्रबहादुर र दुर्गा पौडेल

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसीसहित कार्यकारी अध्यक्ष रस्मीराज नेपाली र उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई पनि सो पार्टीले समानुपातिक उमेदवार बनाएको छ ।

आदिवासी जनजातिको महिलातर्फ संविधानसभा सदस्य मिना पुन (बागलुङ), सकुन्तला राना (अर्घाखाँची) क्रमशः एक र दुई नम्बरमा छन्। त्यस्तै सोही कलस्टरको पुरुषतर्फ गिरीप्रसाद बुढा र अमरध्वज राना क्रमशः एक र दुई नम्बरमा रहेका छन्।

पार्टीले पुस १३ गते निर्वाचन आयोगमा खसआर्यको महिला तर्फ उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई एक नम्बरमा र खसआर्य कै पुरुषतर्फ अध्यक्ष केसीको नाम एक नम्बरमा राखेर समानुपातिक उमेदवारहरूको बन्द सूची दर्ता गराएको हो।

संविधानसभा सदस्य तथा पार्टीका कार्यकारी अध्यक्ष रस्मीराज नेपालीलाई पार्टीले सोही कलस्टरको पुरुषतर्फ दुई नम्बरमा राखेर समानुपातिक उम्मेदवारहरूको बन्द सूची दर्ता गराएको छ।

जनमोर्चाले निर्वाचन आयोगमा पेस गरेको ११० जना उम्मेदवारको बन्दसूचीमा प्रवासी नेपालीहरूको पनि प्रतिनिधित्व गराएको छ। जसमाः भारतमा रहेका ठाकुर प्रसाद खनाल, प्रेम प्रसाद पौडेल, तारा बहादुर सोमरे मगर रहेका छन्। हङकङबाट सक्तमान बुढाथोकी, जापानबाट रेणु गुरुङलाई पनि समानुपातिक उम्मेदवारहरूको बन्द सूचीमा दर्ता गराएको छ ।

प्रकाशित: १५ पुष २०८२ १२:३० | Tuesday, December 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast