काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुराना र नयाँ नेतालाई समेटेर समानुपातिक सूचीमा राखेको छ। राप्रपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा लामो समयदेखि पार्टीमा रहेका नेतादेखि भर्खर भित्रिएका ‘नयाँ पुस्ता’लाई प्राथमिकता दिएको छ।
यसअघि नै विगत (२०६४ साल) सम्म समानुपातिकमा परेकालाई फेरि नराख्ने निर्णय गरेको राप्रपाले सबैजसो विगतमा प्राथमिकतामा नपरेकाहरू सूचीमा छन्। खसआर्य महिलातर्फ भने खुस्बु ओली पहिलो नम्बरमा बन्दसूचीमा परेकी छन्। यस्तै दोस्रो नम्बरमा स्वाती थापा छिन्। यस्तै जनजातितर्फ पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठ पनि सूचीमा छन्।
जनजातितर्फ तोरणबहादुर गुरुङ पहिलो, राजेन्द्र गुरुङ दोस्रो र मोहनकुमार श्रेष्ठ तेस्रो सूचीमा छन्।

प्रकाशित: १५ पुष २०८२ १०:१३ | Tuesday, December 30, 2025
प्रतिक्रिया




