ताप्लेजुङमा मतदाताको संख्या ९० हजार नाघ्यो

हिमाल प्रेस १४ पुष २०८२ १५:०७
14
SHARES
ताप्लेजुङमा मतदाताको संख्या ९० हजार नाघ्यो

ताप्लेजुङ- ताप्लेजुङमा कुल मतदाताको संख्या ९० हजार ३ सय २७ पुगेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन्। पुरुषको तुलनामा महिला मतदाताको संख्या ६ हजार २ सय ४३ कम छ।

पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका हुन्। २०७९ सालको निर्वाचनमा जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए। ९ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी १८ हजार १ सय ९० मतदाता फुङलिङ नगरपालिकामा रहेका छन्। सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ मतदाता रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज दुलालले जानकारी दिए।

यस्तै, सिरिजङ्गा गाउँपालिकामा ११ हजार ६ सय ६४, पाथीभरा याङवरक गाउँपालिकामा ९ हजार ७ सय ४१, आठराई त्रिवेणी गाउँपालिकामा ९ हजार ५ सय एक, फक्ताङलुङ गाउँपालिकामा ९ हजार ३ सय, सिदिङ्वा गाउँपालिकामा ८ हजार ९ सय १५, मेरिङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोला गाउँपालिकामा ७ हजार ४ सय ५६ मतदाता रहेका छन्।

आगामी निर्वाचनका लागि जिल्लाभर ८० मतदान स्थल र एक सय २७ मतदान केन्द्र तय गरिएका सूचना अधिकारी दुलालले जानकारी दिए।

प्रकाशित: १४ पुष २०८२ १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast