प्रलोपा गण्डकीका ११ वटै जिल्लामा तोकिए इन्चार्ज

हिमाल प्रेस १४ पुष २०८२ १२:४८
70
SHARES
प्रलोपा गण्डकीका ११ वटै जिल्लामा तोकिए इन्चार्ज

पोखरा- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गण्डकी प्रदेशमा पार्टी संगठन विस्तार सुरु गरेको छ। शनिबार पोखरामा सम्पन्न भेलाले नेत्र चापागाईंको नेतृत्वमा १ सय ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो।

भेलाले गण्डकी प्रदेशका ११ वटै जिल्लामा इन्चार्ज तोक्ने निर्णयसमेत गरेको छ। निर्णयअनुसार नवलपुरको इन्चार्जमा पीताम्बर महतो, गोरखामा यानप्रसाद भट्ट, कास्कीमा कर्ण गुरुङ र पर्वतमा रमेश पौडेललाई जिम्मेवारी दिइएको छ।

यस्तै, बागलुङमा चित्र सापकोटा, म्याग्दीमा शान्ति बिक, लमजुङमा चन्द्रबहादुर गुरुङ, स्याङ्जामा ईश्वरी थापा र मुस्ताङमा दीपक भण्डारीलाई जिल्ला इन्चार्ज तोकिएको अध्यक्ष चापागाईंले जानकारी दिए।

संगठन सुदृढीकरण तथा आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला इन्चार्जहरूको जिम्मेवारी तोकिएको उनको भनाइ छ।

यसैगरी, शनिबार बसेको बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ। सिफारिसअनुसार कास्कीबाट दुर्गा कुमारी गुरुङ, नवलपुरबाट पीताम्बर महतो, गोरखाबाट नारायणी अधिकारी, लालबहादुर बिक र महेश गुरुङ, बागलुङबाट शान्ति बिक तथा स्याङ्जाबाट दिनेश पौडेलको नाम अघि सारिएको छ।

प्रलोपाले संगठन विस्तार अभियानअन्तर्गत पुस महिनाभित्र गोरखाको पालुङटारमा बृहत् सन्देश सभा आयोजना गर्ने तयारी गरेको छ।

साथै, आगामी निर्वाचनअघि विचार मिल्ने वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकताबद्ध हुन अपिल गरेको छ।

प्रत्यक्षतर्फका उम्मेदवार पुसभित्रै छनोट गर्ने निर्णय गर्दै सबै जिल्लामा प्राइमरी निर्वाचनमार्फत उम्मेदवार सिफारिस गर्ने निर्णय भएको अध्यक्ष चापागाईंले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast