काठमाडौँ- राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनका लागि ११० जना उम्मेदवारहरूको समानुपातिक बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। आइतबार दर्ता गरिएको उक्त सूचीको पहिलो नम्बरमा पार्टी अध्यक्ष चित्रबहादुर केसीको नाम रहेको छ।
यसअघि बागलुङ क्षेत्र नं २ बाट निर्वाचित केसी यो पटक भने समानुपातिकमा बसेको पार्टी स्रोतको भनाइ छ। जनमोर्चाले समावेशी सिद्धान्तका आधारमा विभिन्न क्लस्टरबाट उम्मेदवारहरू छनोट गरेको छ।
प्रकाशित: १४ पुष २०८२ १०:२४ | Monday, December 29, 2025
प्रतिक्रिया



