आशिका तामाङको राजनीति गर्ने धोको, मागिन् सामाजिक सञ्जालमा सल्लाह

हिमाल प्रेस १४ पुष २०८२ ९:४१
12
SHARES
आशिका तामाङको राजनीति गर्ने धोको, मागिन् सामाजिक सञ्जालमा सल्लाह

काठमाडौँ- सामाजिक अभियन्ता आशिका तामाङले आगामी संसदीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेकी छन् । यसबारे उनले आइतबार सर्वसाधारणसँग सुझाव समेत मागेकी छिन् । ७ वर्षदेखि सरसफाइ अभियान र सामाजिक कार्यमा सक्रिय तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत एक भोटिङ पोल राख्दै आफ्नो राजनीतिक यात्राबारे जनमत संकलन गरेकी हुन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘७ वर्ष पहिले सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्ने निर्णय पनि यहाँहरूकै भोटिङ पोलमार्फत लिएको थिएँ। अहिले फेरि अर्को राजनीतिमा होमिने निर्णय लिनुपर्ने भएको छ। मलाई आउँदो संसदीय चुनावमा लड्नलाई उम्मेदवारी दिन फेरि भोटिङ पोलमार्फत आफ्नो मत र भावना प्रकट गर्न अनुरोध गर्दछु।’

आशिकाले राखेको ‘राजनीतिमा आउनुपर्छ या पर्दैन?’ भन्ने प्रश्नमा धैरैले राजनीतिमा आउन सुझाएका छन्।

आशिकाले आफू कसरी निर्वाचनमा सहभागी हुने भन्नेबारे पनि अन्योलमा रहेको पनि बताएकी छिन्। उनले पोस्टको कमेन्ट सेक्सनमा लेखेकी छिन्, ‘प्रत्यक्ष उठ्ने कि समानुपातिक, त्यो पनि सुझाव दिनुहोस्। उनलाई विगतदेखि नै सामाजिक सञ्जाल प्रयोगकर्ताले राजनीतिमा आउन सुझाउँदै आएका थिए ।’ उनले राजनीतिमा आउने मनसाय बनाएपनि कुन पार्टीबाट भन्नेबारे भने थप खुलाएकी छैनन् ।

प्रकाशित: १४ पुष २०८२ ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast