काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।
आसन्न निर्वाचनको तयारी, समानुपातिक उमेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।
बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
प्रकाशित: १४ पुष २०८२ ७:००
प्रतिक्रिया




