तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

हिमाल प्रेस १४ पुष २०८२ ६:४३ | Monday, December 29, 2025
तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ- नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ। विभागले तीन वटा उद्योग तथा फर्मलाई एक लाख १० हजार जरिवाना गरेको छ।

विभागले सम्झना अचार उद्योगलाई १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान ५० हजार जरिवाना गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ (१) क बमोजिम कारबाही गरेको हो।

अन्य १४ वटा उद्योगरफर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ।

 

 

प्रकाशित: १४ पुष २०८२ ६:४३ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast