काठमाडौँ- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन्।
यही पुस ११ र १२ गते काठमाडौँमा भएको महाधिवेशनबाट शर्माले विजयी भएका हुन्। शर्माले १६० र उनका प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरे।
नवनिर्वाचित शर्मा निवर्तमान उपाध्यक्ष र भण्डारी निवर्तमान महासचिव हुन्। संघको वरिष्ठ उपाध्यक्षमा टंकराज आचार्य र डा.स्वागत श्रेष्ठ, महासचिवमा रामहरि सिलवाल र कोषाध्यक्षमा शिव अधिकारी विजयी भएका छन्।
नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष रमेशकुमार सिलवालले बधाई दिए। महाधिवेशनको उपराष्ट्रपति रामसहायप्रसाद यादवले शनिबार उद्घाटन गरेका थिए।
प्रकाशित: १३ पुष २०८२ १६:१६
प्रतिक्रिया




