बाँकेमा अस्थायी मतदाताको विवरण संकलन सुरु

हिमाल प्रेस १३ पुष २०८२ १३:२०
10
SHARES
बाँकेमा अस्थायी मतदाताको विवरण संकलन सुरु

नेपालगन्ज- बाँकेमा अस्थायी मतदाताको विवरण संकलन सुरु गरिएको छ। जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा रहेका विभिन्न स्थानीय तह, संघसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीहरुको विवरण माग गरिएको जानकारी दिए।

जिल्लामा ६ हजारको संख्यामा अस्थायी मतदाता रहेको अनुमान छ। एक साताअघिबाट अस्थायी मतदाताको विवरण संकलन सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा ९५४ जनाको दोहोरो नाम हटाएपछि जिल्लामा नयाँ मतदाताको संख्या १५ हजार १५० कायम भएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रहेका शाहीले जानकारी दिए। ‘मतदाता नामावलीमा परिचयपत्रका आधारमा नाम दर्ता गराउने पनि छन्’, उनले भने।

प्रमुख शाहीका अनुसार नेपालगन्ज उपमहानगरपालिका, वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको पाइएको थियो। बाँकेमा साविकका तीन लाख ३३ हजार ९३४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, नेपालगन्जले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचानका लागि निर्वाचन आयोगले असोज १० गतेदेखि मंसिर ५ गतेसम्म विशेष मतदाता नामावली संकलन गरेको थियो।

प्रकाशित: १३ पुष २०८२ १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast