नगरपालिका चलाउन नसक्नेले देश चलाउछ भन्ने भ्रम पाल्नु हुन्न : महेश बस्नेत

हिमाल प्रेस १३ पुष २०८२ ११:५३ | Sunday, December 28, 2025
20
SHARES
नगरपालिका चलाउन नसक्नेले देश चलाउछ भन्ने भ्रम पाल्नु हुन्न : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउछ भन्ने भ्रम पाल्न नहुने बताएका छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गठबन्धनपछिको धारणा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै बस्नेतले काण्डै काण्डका बासी पात्र रविसँगको गठबन्धनले बालेनको स्वतन्त्र छवि पनि तिव्र गतिमा घट्ने बस्नेतको दाबी छ।

‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रविजस्तो बिवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तिव्र गतिमा घट्ने देखिन्छ’ बस्नेतले लेखेका छन्, ‘काम गर्ने कालु ,मकै खाने भालु भनेजस्तै रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्‍याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनतासँगको दुरी झन् बढ्दै जाने र जनमत कमजोर हुँदै जाने निश्चितै छ ।’

भदौ २४ गते राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरेर नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर अस्थिरताको षडयन्त्र रचिएको बस्नेतको भनाइ छ। ‘यो षडयन्त्रमा बालेन र रविको प्रत्यक्ष अप्रत्यक्ष भूमिका देखिनु, माओवादी ,राजावादी धारहरुको समर्थन देखिनु गम्भिर विषय हो ’ बस्नेतले लेखेका छन्।

प्रकाशित: १३ पुष २०८२ ११:५३ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast