समानुपातिक उम्मेदवार तय गर्न आज पनि बस्दैछ कांग्रेस कार्यसम्पादन समिति बैठक

हिमाल प्रेस १३ पुष २०८२ ८:३५ | Sunday, December 28, 2025
20
SHARES
समानुपातिक उम्मेदवार तय गर्न आज पनि बस्दैछ कांग्रेस कार्यसम्पादन समिति बैठक फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय सानेपामा सुरु हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि शनिबार भएको बैठकमा समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया प्रारम्भ भएको थियो। बैठकले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गरेको थियो।

प्रकाशित: १३ पुष २०८२ ८:३५ | Sunday, December 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast