बालेन अब रास्वपाका नेता

हिमाल प्रेस १३ पुष २०८२ ६:५४
14
SHARES
बालेन अब रास्वपाका नेता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ ।

आज (आइतबार) भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ।

रास्वपा र बालेन्द्र शाहबीच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद र प्रयास हुँदै आएको थियो । विशेष गरी गत हप्ता सोमबारदेखि दुवै नेताबिच निरन्तर भेटघाट र छलफल सुरु भएको थियो । पटक–पटकका औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिकोण, नेतृत्व संरचना र भावी कार्यदिशाबारे गहिरो विमर्श भएपछि अन्ततः यो सहमतिमा पुगिएको हो ।
बालेनसँगको सहमतिपछि रास्वपा उपसभापति डा. स्वर्णीम वाग्लेले सामाजिक सञ्जालमार्फत बालेन शाह अव रास्वपा नेता भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘बालेन्द्र शाहस् अब रास्वपा नेता, आज बिहान ४:१५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच बृहत् एकता सम्बन्धी सहमति भएको छ।’

प्रकाशित: १३ पुष २०८२ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast