काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।
आज बिहान भएको भेटवार्तामा खनाल र राष्ट्रपति पौडेलबीच जेनजी आन्दोलनका विषयमा छलफल भएको थियो। खनालले भेटमा आगामी फागुन २१ मा चुनाव गराउन जोड दिएका थिए।
‘निर्वाचनको विकल्प नभएको तर निर्वाचन गर्नको लागि आवश्यक पर्ने पूर्वाधार तयार गरेर सबै पार्टी र विभिन्न पक्षहरुको बीचमा सहमति कायम गरेर निर्वाचन सम्पन्न गरि मुलुकलाई नया निकास दिनुपर्छ।’ खनालले भनेका थिए। राष्ट्रपति पौडेलले खनाल पत्नीको स्वास्थ्यका बारेमा पनि चासो राखेका थिए।
प्रकाशित: १२ पुष २०८२ ११:५२ | Saturday, December 27, 2025
प्रतिक्रिया



