कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण वैशाखमा हुने

हिमाल प्रेस ११ पुष २०८२ ११:१० | Friday, December 26, 2025
56
SHARES
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण वैशाखमा हुने

काठमाडौँ- कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण आगामी वर्ष वैशाखदेखि सुरु हुने भएको छ। उपत्यकामा कार्यक्रम गर्दै महोत्सवको औपचारिक मिति सार्वजनिक गरिएको हो।

यसपटक महोत्सवको नारा ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने राखिएको छ। महोत्सव चार चरणमा सञ्चालन हुने आयोजकले जनाएको छ।

पहिलो चरणमा वैशाख ४ गते तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुर्खेतमा हुनेछ। वैशाख ५ मा गुराँस चलचित्र पर्यटन संवादको आयोजना गरिएको छ।

त्यस्तै, वैशाख २६ मा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड काठमाडौँमा आयोजना गरिएको छ। र जेठ २७ मा जुम्ला तातोपानी पर्यटन चलचित्र जलवायु समिट हुनेछ।

कर्णालीका लुकेका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्यले ‘गन्तव्य कर्णाली’ अभियान अघि बढाइएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले बताए।

‘कर्णालीका कथालाई फिल्ममा रूपान्तरण गर्न हामीले कथा आह्वान गरेका छौँ। उत्कृष्ट कथालाई आगामी वैशाखमा सम्मान गरिनेछ र सम्भव भए चलचित्र निर्माण पनि गरिनेछ,’उनले भने। फिल्ममार्फत पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्नु महोत्सवको अर्को उद्देश्य रहेको उनले बताए।

कार्यक्रममा बोल्दै अभिनेता प्रदीप खड्काले कर्णालीलाई दयाको दृष्टिले होइन, गौरवको दृष्टिले हेर्नुपर्नेमा बताए। ‘कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल हो। नेपाली फिल्म ढिला सुरु भए पनि मौलिकतामा हामी पछि छैनौं। यदि नेपाली फिल्मलाई नयाँ उचाइमा लैजाने हो भने त्यसको केन्द्र कर्णाली हुन सक्छ,’ उनले भने।

महोत्सवले सहरदेखि गाउँसम्म फिल्म र पर्यटनलाई जोड्ने लक्ष्य लिएको छ। साथै महोत्सवले कर्णालीको कथा, संस्कृति, जीवनशैली, भाषा, वेषभूसा र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने आयोजककाे अपेक्षा छ।

प्रकाशित: ११ पुष २०८२ ११:१० | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast