त्रिवि दीक्षान्त समारोह : १६ हजार बढी विद्यार्थी दीक्षित

हिमाल प्रेस १० पुष २०८२ १६:०१ | Thursday, December 25, 2025
32
SHARES
त्रिवि दीक्षान्त समारोह : १६ हजार बढी विद्यार्थी दीक्षित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा बिहीबार १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीलगायतले उनीहरूलाई दीक्षित भएको घोषणा गरेका हुन्।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन्।

दशरथ रंगशालामा विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि थिइन्।

कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत प्राज्ञको पनि उपस्थिति थियो। विश्वविद्यालयका उपकुलपति प्रा.दीपक अर्यालले विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अग्रसर भएको बताउँदै दीक्षित विद्यार्थीलाई बधाई दिए।

प्रकाशित: १० पुष २०८२ १६:०१ | Thursday, December 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast