नेपाल टेलिकमद्वारा वाइफाई ६ प्रविधियुक्त एफटीटीएच इन्टरनेट सेवा सुरू

हिमाल प्रेस ९ पुष २०८२ २१:१८
34
SHARES
नेपाल टेलिकमद्वारा वाइफाई ६ प्रविधियुक्त एफटीटीएच इन्टरनेट सेवा सुरू

काठमाडौँ- नेपाल टेलिकमले हाल वितरण गरेको ‘फाइबर टु द होम (एफटीटीएच)’ प्रविधिको इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधियुक्त (सीपीई तथा एक्सेस प्वाइन्ट (एपी) उपलब्ध गराउने भएको छ।

योसँगै अब वाइफाई ६ प्याकेजअन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट सेवा प्रदान गरिनेछ।

यसअघि नेपाल टेलिकमले वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएकोमा अब वाइफाई ६ प्रविधिको सीपीईसँगै पहिलोपटक एपीसमेत प्रयोगमा ल्याउन लागेको टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिए।

नयाँ प्रविधिको उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या समाधान हुने र इन्टरनेटको गति अझ तीव्र हुने उनले बताए।

वाइफाई ६ प्रविधिले एकै समयमा धेरै डिभाइसहरू जडान गर्न सक्ने, सबै प्रयोगकर्ताले पूर्ण गतिको इन्टरनेट चलाउन पाउने, डाटा ट्रान्सफर छिटो हुने, डिभाइसको ब्याट्री आयु बढ्ने तथा सुरक्षित र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने जस्ता महत्वपूर्ण फाइदा प्रदान गर्नेछ।

टेलिकमले ग्राहकहरूका लागि वाइफाई ६ अन्तर्गत इन्डिभिजुअल र प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध गराउने भएको छ।

इन्डिभिजुअल प्याकेजअन्तर्गत इन्टरनेट र टेलिफोन, इन्टरनेट, बेसिक एनटीटीभी र टेलिफोन, इन्टरनेट, प्रिमियम एनटीटीभ र टेलिफोनमध्ये कुनै एक प्याकेज रोज्न सकिने टेलिकमले जनाएको छ।

त्यस्तै प्रिमियम प्याकेजअन्तर्गत प्रिमियम इन्टरनेट प्याकेजमात्र, प्रिमियम इन्टरनेट र बेसिक एनटीटीभी, प्रिमियम इन्टरनेट र प्रिमियम एनटीटीभीमध्ये कुनै एक प्याकेज छनोट गर्न सकिनेछ।

टेलिकमले जनाएअनुसार यी सबै प्याकेजहरू १००, १५० र २०० एमबीपीएस क्षमतामा उपलब्ध हुनेछन् भने मोबाइल टाडा सुविधासमेत समावेश गरिएको छ।

वाइफाई ६ प्रविधियुक्त सीपीई, एपी, एफटीटीएच सेवाका नयाँ दररेट तथा थप विवरण नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा हेर्न सकिने टेलिकमले जनाएको छ।

प्रकाशित: ९ पुष २०८२ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast