सुमन सायमी काठमाडौँ ८ र ९ बाट सिफारिस

हिमाल प्रेस ९ पुष २०८२ १५:२८ | Wednesday, December 24, 2025
30
SHARES
सुमन सायमी काठमाडौँ ८ र ९ बाट सिफारिस

काठमाडौँ- राष्ट्रिय मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँको विभिन्न क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको छ। पार्टीको काठमाडौँ जिल्ला समितिले फागुन २१ गते हुने प्रतिनिधिभसा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम टुंगो लगाएको हो।

जिल्ला समितिको निर्णयअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८/९ बाट केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन सायमी सिफारिस भएका छन्।

त्यस्तै काठमाडौँ क्षेत्र नम्बर ७ बाट केन्द्रीय प्रवक्ता रविन्द्रकुमार श्रेष्ठको नाम प्रत्यक्षतर्फ सिफारिस भएको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए।

जिल्ला समितिले सिफारिस गरिएका नामहरूमाथि आवश्यक निर्णय लिन र चुनावी प्रक्रियालाई अगाडि बढाउन केन्द्रीय कार्यालयलाई आग्रह गरेको छ। केन्द्रीय समितिबाट अनुमोदन भएपछि उम्मेदवारको नाममाथि अन्तिम टुंगो लाग्नेछ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी (नेपाल) बीच कार्यगत एकता गर्ने सहमति छ।

प्रकाशित: ९ पुष २०८२ १५:२८ | Wednesday, December 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast