तोलाकै २ लाख ६७ हजार २०० पुग्यो सुन

हिमाल प्रेस ८ पुष २०८२ ११:२१
12
SHARES
तोलाकै २ लाख ६७ हजार २०० पुग्यो सुन

काठमाडौँ- सुनको मूल्य मंगलबार एकैदिन ५५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो।

जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ। चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: ८ पुष २०८२ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast