नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा कार्की निर्वाचित

हिमाल प्रेस ७ पुष २०८२ १९:३५ | Monday, December 22, 2025
16
SHARES
नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा कार्की निर्वाचित

काठमाडौँ – जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन्।

रश्मी सिल्पकारलाई पराजित गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन्

त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी नवराज उपाध्याय, जेसी स्वप्ना पौडेल भण्डारी, सिनेटर विकेश लाल श्रेष्ठ, जेसी योगेश राजवंशी र उपाध्यक्षमा जेसी मेनुका ओली, जेसी दिपेश बराईली, जेसी अमन महर्जन, जेसी खगेन्द्र भण्डारी, जेसी विदुर थापा, जेसी सुरेन्द्र श्रेष्ठ, जेसी एन्जिला खड्का, जेसी देबु बानियाँ, जेसी रुपकबहादुर विष्ट र जेसी सन्दिप भुषाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रोविन पोखरेलले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष कार्कीले नेपाल जेसिजलाई अझ सशक्त, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने बताए।

प्रकाशित: ७ पुष २०८२ १९:३५ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast